काठमाण्डौ – राइड शेयरिङ एप पठाओको कार्यालय नयाँ बानेश्वरमा तोडफोड भएको छ । केही दिन अघिदेखि विभिन्न माग राखेर विरोध गरिरहेका पठाओका चालकहरुले कार्यालयमा तोडफोड गरेका हुन् ।

आफ्ना माग पूरा नभएको भन्दै सय जनाभन्दा धेरै पठाओका चालक कार्यालय घेराउ गर्न पुगेका थिए । त्यही बेला केही व्यक्तिले कार्यालयमा ढुङ्गा प्रहार गरेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४५ जनालाई पक्राउ गरिएको छ । तोडफोड कसले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै अहिले पठाओका चालक र कम्पनीबीच समस्या समाधान गर्न छलफल पनि भइरहेको छ । पठाओका चालकले कमिसन घटाउनुपर्ने लगायतका माग राखेका छन् । पठाओ कम्पनीले चालकहरुले राखेको केही माग सम्बोधन गरेको जनाएको छ ।

पठाओले विज्ञप्ति निकालेर ११ बुँदाको मागमध्ये कतिपय माग पूरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही चालक वार्ताका लागि पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर