चिनियाँ अनलाइन कम्पनी अलिबाबाको सेयर मूल्य करीब ८ प्रतिशतले घटेको छ ।

चिनियाँ नियामकले अलिबाबा सम्बद्ध कम्पनी एन्ट ग्रुपलाई आफ्नो व्यवसायिक अभ्यास सच्याउन आदेश दिएको खबर सार्वजनिक भएसँगै हङकङमा सूचीकृत कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।

सोमवार हङकङमा सेयर बजार बन्द हुँदा अलिबाबाको शेयर प्रतिकित्ता ७ दशमलव ९८ प्रतिशतले घटेको थियो । चिनियाँ नियामकले बजारमा प्रतिस्पर्धा मिच्ने व्यवहार गरेको आशंकामा कम्पनीमाथि अनुसन्धान गर्ने समाचार सार्वजनिक भएपछि बिहीवार पनि कम्पनीको सेयर मूल्य ८ प्रतिशतले घटेको थियो ।

सोमवार हङकङमा सूचीकृत चिनियाँ कम्पनी टेन्सेन्ट र मेइतुआनको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले घटेका थिए ।

उक्त दिन बेञ्चमार्क हाङसेङको प्रविधि उपसूचक ४ दशमलव २६ प्रतिशतले घटेर ७ हजार ७९२ दशमल ७८ अंकमा पुगेको थियो । एन्ट विश्वको सबैभन्दा ठूलो वित्तीय प्रविधि कम्पनी हो ।

शनिवार चिनियाँ केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले एन्टका कार्यकारी अधिकारीलाई बोलाएर व्यवसायिक अभ्यास सच्याउने योजना तयार पार्न र यसको कार्यान्वयनको तालिका बनाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah