काठमाडौं । मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एन्ड ब्युटिफुल प्रालिले ल्याएको यस वर्षको मिस युनिभर्स नेपालको क्राउन सार्वजनिक गरिएको छ ।

मिस युनिभर्स नेपालका विजेताले १० लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् । जुन नेपाली सौन्दर्य प्रतियोगिताहरुमध्यकै सर्वाधिक धनराशि रहेको जनाइएको छ ।

यसका साथै विजेताले १५ लाख रुपैयाँको क्राउन पनि घर लैजाने सौभाग्य पाउनेछन् । हीरा जडित क्राउनको प्रायोजन अपला ज्वेलर्सले गरेको जनाइएको छ ।

मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले पुस १५ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर