
जाडोमा धेरै मानिसहरूमा एलर्जीको समस्या बढ्ने गर्दछ। यस मौसममा अधिकांश मानिसहरू चिसोको कारण सुक्खा खोकी, घाँटी खसखस हुने, जिउ चिलाउने, आँखा चिलाउने लगायतका समस्याले हैरान हुन्छन् ।
जाडोमा खाने र पिउने केही चिजहरूले एलर्जी बढाउने गर्दछ र केही चिजहरुले एलर्जीको समस्या कम गर्दछ । मौसमी एलर्जीबाट बच्न यी चिजहरुको सेवन गर्नुहोस् ।
अदुवा
अदुवालाई एलर्जी समस्या कम गर्न सबैभन्दा प्रभावकारी मानिन्छ। स्वास्थ्यविद्का अनुसार अदुवा र यसका निकायहरूमा औषधीत्मक गुणहरू छन् जसले वाक्वाक्, दुखाई र सुन्निएको कम गर्न मद्दत गर्दछ। यसमा फेला पार्ने एन्टीइन्फ्लेमेटरी गुणहरूले पनि एलर्जीलाई राहत दिन्छ । मौसमी एलर्जीबाट बच्न, आफ्नो आहारमा अदुवा समावेश गर्नुहोस्। ताजा र सुकेको अदुवाले एलर्जीको कम गर्दछ।
बेसार
बेसारले एलर्जी कम गर्न धेरै सहयोग गर्दछ । बेसारमा पाइने गुणहरुले सूजन कम गर्दछ। बेसारमा हुने सक्रिय तत्त्व, कर्क्यूमिनसँग एन्टीइन्फ्लेमेन्टरी र एन्टी एलर्जी गुणहरू छन्। २०१६ मा प्रकाशित एक अध्ययन अनुसार, कर्क्युमिन खपत गरेका एलर्जी राइनाइटिसका बिरामीहरूले उनीहरूको प्रतिरक्षा प्रतिक्रिया र नाकको हावा प्रवाहमा उल्लेखनीय सुधार देखाएको थियो। बेसार र मरिच मिलाएर सेवन गर्दा त्यसले अत्याधिक फाइदा दिन्छ ।
साल्मन माछा
धेरै कम मानिसहरूलाई थाहा छ साल्मन माछाले एलर्जीको समस्या समाधान गर्न निकै सहयोग पुर्याउँदछ । सामन, सार्डिन र म्याकेल जस्ता फ्याट माछाले ओमेगा ३ फ्याट्टी एसिडहरू एलर्जी र सूजनबिरुद्ध निकै लाभदायी हून्छ । फ्याटी माछाले सेल झिल्ली स्थिर राख्छ। २००७ मा, अमेरिकन कलेज अफ न्यूट्रिशनको जर्नलमा प्रकाशित एक जापानी अध्ययनका अनुसार धेरै माछा खाने महिलालाई कम ज्वरो आउँछ।
टमाटर
टमाटरमा भिटामिन सी उच्च मात्रामा पाइन्छ। यसबाहेक एलर्जीविरुद्ध लड्न सबै आवश्यक तत्त्वहरू टमाटरमा फेला पर्दछ। टमाटरमा पाइने लाइकोपिन एक एन्टीआक्सीडन्ट तत्वले सूजन कम गर्दछ। टमाटरको रसमा खरबुजा र भोगटेभन्दा ८५ प्रतिशत बढी लाइकोपीन हुन्छ। यु एस नेश्नल लाइब्रेरी अफ मेडिसिनको अनुसन्धान अनुसार लाइकोपिनले दमका बिरामीहरूको फोक्सोमा सुधार ल्याउँछ।
खोर्सानी खाना
खुर्सानी र मसलादार खानाले शरीरमा एलर्जी कम गर्दछ। सौंफ, सर्स्यू र मरिच जस्ता चिजहरूले स्वाभाविक रूपमा कफ बाहिर निकाल्छ। यी चिजहरुको सेवनले बन्द नाक खोल्छ र म्यूकस बाहिर निकाल्छ। खोर्सानी खानेले कफ, छाती दुखाई र टाउको दुखाइको समस्याबाट राहत महसुस गर्दछन्। यद्यपि यो मानिसहरुको व्यक्तिगत अनुभव हो यसमा कुनै अनुसन्धान गरिएको छैन।
प्रोबायोटिक्स
प्रोबायोटिकहरूमा राम्रो ब्याक्टेरिया हुन्छन् जुन तपाईंको आन्द्रामा बस्दछन् । यसमा एन्टी(इन्फ्लेमेटरी र एन्टीएलर्जी तत्व पाइन्छ । दही, केफिर, ब्रोकाउली, किम्ची प्रोबायोटिक्सको राम्रो स्रोत मानिन्छ। २०१९मा चिल्ड्रेन पत्रिकामा प्रकाशित एक अध्ययन अनुसार प्रोबायोटिक्सले बच्चाहरूमा एलर्जीको लक्षणहरूलाई कम गर्दछ।
भिटामिन सी युक्त फूडहरू
यस मौसम भिटामिन सी युक्त खाना निकै लाभदायी हुन्छ । ‘भिटामिन सी एक प्राकृतिक एन्टीहिस्टामाइन मानिन्छ जसले एलर्जीबाट छुटकारा दिन्छ। यस बाहेक, भिटामिन सीमा पाइने एन्टिआक्सीडन्टहरूले शरीरमा सूजन कम गर्दछ। क्याप्सिकम, ब्रसेल्स स्प्राउट्स र ब्रोकाउलीमा सुन्तलाभन्दा बढी भिटामिन सी हुन्छ। यस बाहेक, भिटामिन सी को राम्रो मात्रा काउली, बन्दकोबी र केरामा पनि पाइन्छ।
मह
महमा मौसमी एलर्जीविरुद्ध लड्ने तत्वहरु पाइन्छ । यसले घाँटी दुखाइ कम गर्दछ र शरीर भित्रबाट न्यानोपन दिन्छ। यद्यपि, केही मानिसहरू भने महबाट एलर्जी हुन्छ। त्यसकारण, यसलाई लिनुअघि डाक्टरको सल्लाह लिनु राम्रो मानिन्छ ।