काठमाडौं। ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ९१५ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उनीहरूमाथि कारवाही गरिएको ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

कारवाहीमा पर्नेहरू मध्ये सडक तथा फुटपाथमा पार्किङ गर्ने १३८ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ७१ जना, मादप पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने ४८ जना, सवारी साधनको नम्बर प्लेट स्पष्ट नराख्ने ३५ जना र सडक लेन पालना नगर्ने ११ जना चालक रहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनहरु पनि सामान्य रुपमानै संचालन भइरहेका छन्।