काठमाडौं, सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल भारत सीमा नाकामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको उनीहरूको भनाइ छ।

यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भएरनभएको पुष्टिका लागि नमुना हङ्‌कङ पठाउन लागिएको अधिकारीहरूको भनाइ छ।

यूकेमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले यूकेबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

हाल नयाँ कोरोनाभाइरसका सङ्क्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन्।

नेपाल(भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन्।

तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको बताइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी भन्छन्, ‘जोखिमको आधारमा आवागमनहरूलाई व्यवस्थित गर्ने, विदेशबाट भित्रिने सबै नाकाहरूमा निगरानी बढाउने, अनि आएका व्यक्तिहरूलाई क्वारन्टीनमा राख्ने र परीक्षण गर्ने रणनीतिहरू अलि सघन रूपमा अघि बढाइएको अवस्था छ। दश दिन क्वारन्टीनमा बस्न र बसाउन सबै निकायसँग समन्वय अघि बढाइएको छ।’

नयाँ प्रकारको कोरोनाभाइरस यूकेबाट विभिन्न देशमा फैलिएलगत्तै कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक एक पटक बसेको थियो।

भारतमा समेत देखिएपछि सीसीएमसीको थप बैठक छिट्टै बसेर थप निर्णय लिने बताइएको छ। अहिले पनि नेपालीहरूलाई प्रवेशका लागी भारतसँगका १४ वटा नाका खुला रहेका र ती नाकामा बेलैमा सतर्कता अपनाउन नसके छिटो फैलिन सक्ने नयाँ प्रकारको कोरोनाभाइरसले नेपालमा सङ्क्रमण फेरि बढाउन सक्ने कतिपयको चिन्ता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah