काठमाडौं । चिनियाँ नागरिकसँग ‘बिहे गराउने’ लोभ देखाएर नेपाली युवतीको चीनतर्फ तस्करी हुने गरेको पाइएको छ । प्रहरीको मानव बेचविखन ब्यूरोले चिनमा युवती लैजानेमध्येका काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भएका किरण तामाङलाई पक्राउ गरेपछि सो तथ्य खुलेको हो । किरणले ‘चिनियाँ पुरुषले नेपाली युवतीसँग बिवाह गर्न चाहेको’लोभ देखाएर युवती तस्करी गरेको प्रहरीलाई बताएका छन् ।

किरणलाई ब्यूरोको टोलीले सोमबार पक्रेको हो । चिनियाँ भाषा बोल्न जान्ने उनी चिनियाँ नागरिकसँग सम्पर्कमा हुन्थे । २३ बर्षकी नेपाली युवतीलाई किरणले ‘बिहे र रोजगारी’को लोभ देखाएर ०७६ पुस २५ मा त्रिभुवन विमानस्थलबाट चीनको सान्दोङ प्रान्त स्थित हेज शहरमा लगे । किरण आफैं गएर चिनियाँ नागरिक ताम्पु थोङको जिम्मा लगाएर फर्किए । युवतीमाथि ती चिनियाँले यौनशोषण गरे, घरमा बन्धक बनाएर राखे । त्यसपछि उनलाई लाग्यो–‘म बेचिएँछु ।’

सामाजिक सञ्जालमार्फत उनले सो कुरा परिवारलाई जानकारी गराएपछि दूतावास र प्रहरीको समन्वयमा ०७७ कार्तिक १२ मा उनको उद्धार गरिएको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।

किरण तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय