काठमाडौं । चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधवार काठमाडौंमा प्रदर्शन गरेको छ। चिनियाँ दूतावास अगाडि संगठनका कार्यकर्ताहरूले चिनियाँ हस्तक्षेपको विरोध गर्दै चीनविरूद्द चर्को नाराबाजी लगाएका छन्।

No description available.

चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ दूतावास मुर्दाबाद भन्दै नारा लगाउँदै हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर भवनदेखि लाजिम्पाटस्थित राष्ट्रपति कार्यालयसम्म प्रदर्शन गरिएको थियो । त्यस्तै प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको सो संगठनका एक सदस्यले बताए ।

No description available.

चीनको चार सदस्यीय प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।

No description available.

चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुशी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध जनाउँदै प्रदर्शन गरेको हो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय