झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा मङ्गलवार साँझ मोटरसाइकलको ठक्करबाट एक बृद्धा महिलाको मृत्यु भएको छ । पहिचान नखुलेको मोटरसाइकलको ठक्करबाट कनकाई नगरपालिका वडा नम्बर ७ दुर्गापुर बस्ने ६५ वर्षीय चम्पादेवी हलवाईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगूले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएकी हलवाईको बिर्तामोडको बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । वृद्धा महिलालाई ठक्कर दिएर फरार रहेको मोटरसाइकल र सोका चालकको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर