काठमाडौं । अभिनेत्री रीमा विश्वकर्मा अभिनयभन्दा पनि कार्यक्रम उद्घोषणको कारणले चर्चामा छिन् । रियालटी शो ‘नेपाल आइडल’ र ‘कमेडी च्याम्पियन’ उनले उद्घोषण गर्दै आएकी छन् ।

फिल्म र म्यूजिक भिडियोमा पनि काम गर्दै आएकी उनी अभिनित फिल्म ‘मिस्टर नेपाली’ केही पहिले रिलिज भएको थियो । तर उनले अभिनय भन्दा बढी चर्चा रियालटीशोबाट पाउने गरेकी छन् ।

अभिनय होस् वा रियाटली शो उनी जहाँ रहेपनि मिडिया तथा प्रशंसकको एउटा प्रश्न भने सधैँ तेर्सिने गर्दछ – विवाह कहिले गर्ने ?

अहिले एक प्रशंसकले पनि उनलाई इन्सटाग्राममार्फत् यहि प्रश्न राखेका छन् । जसको जवाफमा उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ ।

‘स्वर’बाट अभिनयमा प्रवेश गरेकी रीमा अभिनित ‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा छ ।

अभिनय करियरमा खासै राम्रो फिल्म दिन नसकेकी उनले २०७२ सालमा रोवर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, सो विवाह दुई बर्षभन्दा बढी टिक्न सकेन । त्यसपछि उनी सिंगल रहदै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय