हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि हेलम्बु हाइ सर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्य अनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ ।

हेलम्बु र लाङटाङ क्षेत्रको बीचमा रहेको नयाँ गङ्गा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाएको छ ।
हेलम्बुमा पर्यटक आकर्षण बढ्दै, पाँच हजार माथिका अग्ला हिमाल खुल्ला गर्ने तयारीमा
आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तब्यको विकास गरिएको छ । यहि मङ्सिर १८ गते नेरिका

एडभेन्चरर्सका आरोही सतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफतापूर्वक आरोहण सम्पन्न गरेको हो । तस्वीरः देवराज सुवेदी, रासस



