मिस युनिभर्स २०२० को उपाधि अंशिका शर्माले उचालेकी छन् । उनले आफ्ना १८ जना प्रतिस्पर्धिहरुलार्ई पछाडि पार्दै उपाधि उचालेकी हुन् ।

अस्ट्रेलियाबाट प्रतियोगितामा सहभागिता जनाएकी शर्मा गैरआवासीय नेपाली हुन् । उनले प्रतियोगिताको उपाधिसँगै नगद १० लाख र १५ लाख बराबरको क्राउन समेत जितेकी छन् ।

ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गरेको यो प्रतियोगितामा ५ सय युवतीले सहभागिताका लागि आवेदन दिएका थिए । जसमध्येबाट छनौट भएका ९७ जनाले प्रतियोगिताको पहिलो चरणमा सहभागिता जनाएका थिए । प्रतियोगितामा माल्भिका सुब्बा, अनुपमा कुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह निर्णायक थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय