काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन् ।

मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार गरेको भर्चुअल कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएको बताए ।

‘ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेका छन् । ओलीको कदम अलोकतान्त्रिक पनि छ’, देउवाले भने ।

उनले नेपाली कांग्रेसले हिँसात्मक बाटो अवलम्बन नगर्ने बताएका छन् । सभापति देउवाले अदालतलाई धम्क्याएर निर्णय गर्न लगाउन नमिल्ने बताए ।

‘आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन । कसैको खिलापमा भयो भने पछि पनि आन्दोलन हुने भएकोले सोचे विचार गरेरै हामीले आन्दोलन नगरेको हो,’ देउवाले भने, ‘अदालतको निर्णय पर्खनुपर्छ ।’

सभापति देउवाले ‘कुनै पनि बाहनामा एकदलीय शासन नमान्ने बताएका छन् । उनले प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्ने बताए ।

‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वन्तन्त्र न्यायलयको निर्णय हामीले मान्नुपर्छ,’ उनले भने, ‘यी कुराहरु सम्पूर्ण नेपाली जनतालाई बताउन चाहान्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah