
काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित एवान क्याफे नजिकबाट सन्घुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकको साथबाट नगद २ लाख रुपैयाँ बुधवार दिउँसो लुटपाट भएको छ ।
बा ४ प २९५६ नम्बरको स्कुटरमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटपाट गरी फरार भएपछि अनुसन्धानमा खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।