भोलि राष्ट्रिय सभा बैठक बस्नु अघि राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिएको छ । सङ्घीय संसद सचिवालयले सांसदहरुका साथै सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सवारी चालक लगायतको स्वाब सङ्कलनको व्यवस्था गरेको हो ।

सङ्घीय संसद सचिवालयको स्वास्थ्य इकाईले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल लगायतको स्वाब सङ्कलन गरेको छ । भोलि बिहान बैठक बस्ने समय अघि उनीहरुको रिपोर्ट आइसक्ने जनाइएको छ । यसैबीच कोरोना सङ्क्रमण भएर पाटन अस्पतालमा भर्ना भएका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीलाई सभाका अध्यक्ष तिमिल्सिना र उपाध्याय दाहालले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय