
दमक/ दमकबाट चोरिएको एउटा मोटरसाइकलसहित गौरादह २ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत मंगलवार राती साढे १२ बजे दमक ७ स्थित एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको थियो । प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका ७ स्थित एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो । मोटरसाईकल फेला परेसंगै चोरीमा संलग्नहरुको खोजी गर्ने क्रममा चोरीमा संलग्न रहेका गौराहद नगरपालिका २ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरिएको र उनीहरुका बिषयमा थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।