काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको दावी गरेका छन् । शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको आरोप समेत लगाए ।

उनले आफ्नो पार्टी वैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् । ‘हामी वैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौँ । हामी वैधानिक नै छौँ भने किन दरखास्त हाल्न जान्छौँ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौँ ? अदालत, निर्वाचन आयोग ?’

उनले प्रचण्ड-माधव पक्ष लाइन लागेर अदालत, निर्वाचन आयोग र सडकमा गएको पनि बताए । ‘सडकमा जानु भएको छ । सत्तोसराप गरेर जनताको मन दुखाउनुभएको छ । कम्युनिस्ट आन्दोलनको हुर्मत लिने, अग्रगमनका बाटाहरु कमजोर पार्ने प्रयास बन्द गर्नुस्,’ओलीले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव पक्ष गणतन्त्र र लोकतन्त्रका विरुद्ध लागेको आरोप लगाउँदै आफै पार्टी फुट्यो भनेर हिँडेको पनि बताए । ‘पार्टी फुटेको होइन केही साथीहरु अलग हुनुभएको छ । आफै अलग्गिएर जानुभएको छ । निर्वाचन घोषणा भएपछि पार्टी फुटाउने ? पार्टी फुटाएर दक्षिणपन्थीसँग मिलेर सरकार बनाउन लाग्नुभएको छ । उहाँहरु समाजवाद उन्मुख बाटो भत्काउनेतर्फ लाग्नुभएको छ’ओलीको भनाइ छ ।

उनले राष्ट्रपतिको विरोध गरेर राजा फर्काउने योजनामा लागेको समेत आरोप लगाए । उनले संविधान र प्रणाली जोगाउन आफूले संसद विघटनको कदम चालेको प्रस्टीकरण दिए ।

प्रधानमन्त्री ओलीले यस्ता झड्काहरुले कम्युनिस्ट आन्दोलनलाई थप प्रभावकारी बनाउने र संगठित र गतिशिल पार्टी बनाउने अवस्था आएको बताए ।

ओलीले अविश्वास अस्तव्यस्तताका लागि राखेको भन्दै त्यो कुनै नैतिकता नभएको बताए । आफूले त्यति हुँदा पनि सहेर नेताहरुलाई निस्कासन नगरेको बताए । उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने भन्दै विशाल अस्थिरता रोक्न जनादेशबाट ताजा जनादेश र ताजा संसदका लागि कदम चालेको बताए । सरकारको प्रस्ताव सभामुखले पेश नगरेको भन्दै उनले सभामुखले रोकेर संसदीय प्रणालीविपरित काम गरेको आरोप पनि लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय