काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट करिब पाँच केजी अवैध लागुऔषध गाँजासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषा वटेश्वर नगरपालिका-५ बस्ने २६ वर्षीय पवन महतो र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले ज ८ प २९५४ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको झोला र सिमेन्टको बोराभित्र लुकाएर ल्याएको गाँजा फेला पारी पक्राउ गरेको हो।

यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका-९ बूढीखोलाबाट अवैध लागुऔषध करिब तीन किलो गाँजासहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ केराबारी नगरपालिका-१ बस्ने २४ वर्षीय मानबहादुर लिम्बू रहेका छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले को १४ प ९२०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय