
दमक/ झापाको झापा गाउँपालिकामा ट्रयाक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
झापा ६ शरणामतिस्थित भित्रि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको मे १ त ५९८९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सो ठाउँकी ४० बर्षिया कुमारी बराइलीको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ठक्करबाट गम्भिर घाईते बराइलीको विर्तासिटी अस्पतालमा आज अपरान्ह पौने ४ बजे मृत्यु भएको हो । टयाक्टर चालक दिपक खतिवडालाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ ।