जुम्ला– अज्ञात रोगका कारण जुम्लामा व्यावसायिक रुपमा पालन गरिएको बोयर जातका बाख्रा धमाधम मर्न थालेका छन् । एक सातादेखि बाख्रा मर्न थालेका हुन् । २०६४ सालदेखि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएका चन्दननाथ नगरपालिका ३ निवासी भक्तबहादुर कठायतका ६ वटा बाख्रा मरेका छन् । जसबाट करिब ३ लाखको क्षति भएको उनले बताए ।
प्रतिबाख्रा करिब ५० देखि ६० हजार मूल्य बराबरका ६ वटा बाख्रा मर्दा करिब साढे दुई लाख रुपैयाँ क्षति भएको उनले बताए । उनले भने, “पाँच दिनमा ६ वटा बाख्रा मरिसके,अझै ६÷७ बाख्रा बिरामी छन्, सबै मर्ने स्थितिमा पुगेकोले व्यवायनै धराप हुने चिन्ता लागेको छ ।”
बोयर बाख्रालाई स्थानीय जातका बाख्रासँग क्रस गराई उन्नत जातका बाख्रा उत्पादन गर्ने उनको लक्ष्य हो । तर अज्ञात रोगले व्यवसायबाट नै हात धुनुपर्ने अवस्था आएको व्यवसायी कठायतले दुखेसो गरे । भेटेनरी अस्पतालबाट गएको प्राविधिक टोलीले सामान्य उपचार गरेपनि बाख्रा मर्ने क्रम नरोकिएको कठायतले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय