काठमाडौं । अभिनेत्री मनिषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने अभियानमा लागेका छन् ।

हरेक वर्ष पुस २७ गते राष्ट्रियस्तरमै पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने गरिएको भए पनि २०६२÷०६३को आन्दोलनपछि नागरिकस्तरमा मनाउँदै आइएको छ ।

राप्रपाले पुस २७ गते राष्ट्रियस्तरमै पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनु पर्ने र उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने बताउँदै आएको छ । तर, हालसम्म सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने र राष्ट्रियस्तरमा मनाउने घोषणा गरिसकेको छैन ।
यही पेरिफेरिमा पुस २७ गते पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती (जसलाई पृथ्वी जयन्ती भनिन्छ) र राष्ट्रिय एकता दिवस मनाउन अभिनेत्री मनिषा र ’हाम्रो नेपाल र सुशासन अभियान’का अभियान्ता पूर्वडिआइजी खरेलले तयारी थालेका छन् । यसबारे मंगलबार उनीहरुले पत्रकार सम्मेलनको आयोजना पनि गरेका छन् ।

नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेकाले उनको सम्मानमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनु पर्ने उनीहरुको धारणा छ ।

manish.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय