
४ लाख भन्दा धेरै मूल्य पर्ने अप्रिलियाको म्याक्सी स्कुटर ‘एसएक्सआर १६०’ नेपालका लागि बुकिङ्ग खुला भएकाे छ ।
विवेक अटोमोवाइलले अप्रिलिया एसएक्सआर १६०को नेपाली बजारमा सोमबारदेखि बुकिङ खुल्ला गरेको हो ।
विवेक अप्रिलिया तथा भेष्पाको नेपालका लागि आधिकारिक वितरक हो ।
भारतीय बजारमा एक महिना अघिमात्र सार्वजनिक भएकाे साे स्कूटर छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी रहेको विवेक अटोमोवाइलले जनाएकाे छ ।
साेमबारदेखि नै अप्रिलियको आधिकारिक सोरुममार्फत ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
के हो अप्रिलिया १६० ?
अप्रिलिया १६० स्कुटर स्पोर्टी स्टाइलको छ । जहाँ ड्राइभिङ गर्दा सजिलो बनाउनको लागि यसको ह्यान्डलबार अलि माथि उठाइएको छ ।
एलईडी टेल लाइट्स र स्प्लिट पिलियन ग्रयाबरेल समावेश गरिएको छ । यसको दुबै ह्लि अलोय युनिट र सस्पेन्शन सिस्टममा फ्रन्ट कि र टेलिस्कोपिक फोर्क तथा रियरमा एड्जस्टेबल मोनोशक देख्न सकिन्छ ।
यसमा सिगंल सिलिन्डर एफआइ बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ ।
यो स्कुटरको मूल्य भारतीय बजार १ लाख ३८ हजार भारतीय रुपैयाँ रहेको छ भने नेपालमा सार्वजनिक हुँदा ४ लाखदेखि ४ लाख १० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । कम्पनीले भने मूल्यको बारेमा कुनै आधिकारिक जानकारि गराएको छैन ।
यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध रहको छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुबैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा समेत उपलब्ध हुनेछ ।
त्यस्तै यसमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प जस्ता फिचर रहेको छ ।
सो स्कुटरको फ्रन्ट फेयरिङ छ र इक्विपमेन्टले यसलाई स्पोर्टी लुक दिइएको छ । सो स्कुटरको एलईडी हेडल्याम्प निकै शार्प हुनुका साथै अप्रिलिया आरएसभी४ सुपरबाइक जस्तो देखिन्छ ।
सो स्कुटरको स्टेप्ड सिट लामो र कम्फर्टेबल रहेको छ । स्कुटरको इन्स्ट्रयुमेन्ट क्लस्टर अल न्यु डिजिटल एलसीडी युनिट रहेको छ । यसको साथै स्कुटरमा स्टोरेज कम्पार्टमेन्ट रहेको छ । यसको भित्र एक यूएसबी चार्जिङ पोर्ट पनि रहेको छ ।
स्कुटरमा अन्डरसिट स्टोरेजको साथै बुट ल्याम्पको सुविधा पनि रहेको छ । यसको फ्रन्ट ह्विलमा २२० एमएम डिस्क ब्रेक र रियर ब्रेक ड्रम युनिट रहेको छ । सिंगल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा प्रस्तुत गरिएको छ ।
अप्रिलिया एसएक्सआर १६० मा पावर दिनको लागि १६०.०३ सीसी भएको युनिट समावेश गरिएको छ । जसले ७१०० आरपीएममा १०.९ पीएसको पावर प्रदान गर्छ ।