काठमाडौँ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वर शुभकामनाचोकमा डेरा गरी बस्ने एकजनाको करिब १३ लाख ९५ हजार बराबरको सुनका गहनाहरू चोरी भएको छ।

चितवन रत्ननगर नगरपालिका-२ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना आइतबार साँझ चोरी भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चोरीमा संलग्नहरूको पहिचान खुलेको छैन। प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।