काठमाडौँ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वर शुभकामनाचोकमा डेरा गरी बस्ने एकजनाको करिब १३ लाख ९५ हजार बराबरको सुनका गहनाहरू चोरी भएको छ।

चितवन रत्ननगर नगरपालिका-२ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना आइतबार साँझ चोरी भएको हो।

चोरीमा संलग्नहरूको पहिचान खुलेको छैन। प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय