काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले संसद विघटन गर्ने प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदमले राष्ट्रियता कमजोर भएको टिप्पणी गरेका छन् ।

जसपाले मंगलवार आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन् । साथै संसद विघटनपछि कामचलाउन सरकारले प्रतिनिधि सभा पुनस्थापना हुन सक्दैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कले चिन्ता थपिएको बताएका छन् ।

संसद विघटनको कदमले राष्ट्रियता कमजोर भएको छ । विदेशी शक्ति चलखेल गर्ने वातावरण बनेको छ । अहिलेको शासन व्यवस्था नै उल्टने हो कि भन्ने शंका उब्जिएको छ ।’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएकाले त्यसलाई तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।

त्यस्तै संसद् विघटन गर्न संविधानले नदिएको र संवैधानिक व्यवस्थाअनुसार अदालतले पुनःस्थापना गर्न पाउनुपर्ने भनेर अदालतमा परेका रिटमाथिको सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्री ओलीबाट आएका अभिव्यक्तिले चिन्ता थपिएको यादबको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय