काठमाडौं- स्रोत नखुलेको ८ लाख रुपैयाँसहित रौतहटबाट एक जना पक्राउ परेका छन्।

सोमबार राति साढे ९ बजेतिर इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई मौलापुर–५ बाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ–१ का १७ वर्षीय धिरेन्द्र साह छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको हो।

साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अवैध ८ लाख रुपैयाँ फेला परेको हो। पक्राउ परेका साहलाई गौर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय