काठमाडौं । अब ट्राफिक जरिवाना डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले यसका लागि विद्युतीय भुक्तानी सेवा प्रदायकलाई राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध गराएको हो ।

अबको केही दिनमा यो सेवा लाइभ हुने उप महालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले जानकारी दिए । ‘यसअनुसार अनलाइन भौचरमार्फत ट्राफिकको जरिवाना तिर्न सकिनेछ,’ उनले भने, ‘सम्बन्धित राजस्व संकल गर्ने निकायको सिस्टम अथवा हाम्रो एफसीजीओ डट जीओभी डट एनपीमा गएर अनलाइन भुक्तानी गर्न सकिनेछ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले महालेखा नियन्त्रकको कार्यालय र राष्ट्र बैंकबाट जरिवानाको अनलाइन भक्तानीका लागि आवश्यक सम्पूर्ण काम पुरा भइसकेको जानकारी दिए ।

‘हाम्रो ट्राफिककै साइडमा केही काम हुन बाँकी छ,’ टेकपानासँगको कुराकानीमा उनले भने, ‘बाँकी काम सम्पन्न गरेर यसै सातादेखि यो सेवा अनलाइनमा उपलब्ध हुनेछ ।’

ट्राफिक प्रहरीले यसका लागि टीभीआरएस (ट्राफिक भायाेलेन्स रेकर्ड सिस्टम) नामक सफ्टवेयर समेत तयार पारिसकेको छ । यसमा तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणाली समावेश गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने छ ।

महाशाखाले ट्राफिक सचेतना कक्षा यस अघि नै अनलाइनमा लगिसकेको छ । तर जरिवाना रकम बुझाउन भने हाल तोकिएको बैंक शाखामै पुग्नुपर्ने बाध्यता कायम छ ।

अबको केही दिनमा घरमै बसेर ताेकिएकाे ट्राफिक जरिवाना अनलाइन तथा डिजिटल वालेटबाटै तिर्न सकिनेछ । यसले अनावश्यक भीडभाड कम गर्नुका साथै समय समेत बचत गराउने विश्वास महाशाखाकाे छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनका लागि सचेतना कक्षा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv