सुनसरीमा छुरा प्रहार गरी लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इनरुवा नगरपालिका ९ मा अज्ञात २ जना मानिसहरुले इनरुवा २ का अजय पन्डितलाई छुरा प्रहार गरी यही पुस गत पुस १७ गते नगद तथा मोवाइल लुटेर गरी फरार भएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरी देवानगन्ज गाउँपालिका ५ का २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र सप्तरी महदेवा गाउँपालिका ५ तोपाका २१ वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको हो। उनीहरु इटहरीमै बस्दै आएका थिए।

उनीहरुमाथि जिल्ला अदालत सुनसरीबाट म्याद लिई अनुसन्धान अगाडि बढाइएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।