सुनसरीमा छुरा प्रहार गरी लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इनरुवा नगरपालिका ९ मा अज्ञात २ जना मानिसहरुले इनरुवा २ का अजय पन्डितलाई छुरा प्रहार गरी यही पुस गत पुस १७ गते नगद तथा मोवाइल लुटेर गरी फरार भएका थिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरी देवानगन्ज गाउँपालिका ५ का २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र सप्तरी महदेवा गाउँपालिका ५ तोपाका २१ वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको हो। उनीहरु इटहरीमै बस्दै आएका थिए।

उनीहरुमाथि जिल्ला अदालत सुनसरीबाट म्याद लिई अनुसन्धान अगाडि बढाइएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय