काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ ।

ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । मनाङमा सुवास खड्कालाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय