पुष्पकमल दाहाल ‘प्रचण्ड’ –माधव कुमार नेपाल समूहको नेकपाका विद्यार्थी संगठनले खानेपानी तथा सरसफाईमन्त्री मणि थापालाई कालोझण्डा देखाएको छ ।

प्रचण्ड माधव समूह निकट विद्यार्थी संगठनका कार्यकर्ताहरूले बुधवार जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ वोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएको अनेरास्ववियू नेता मदन ढकालले बताएका छन् ।
अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री थापालाई कालो झण्डा देखाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय