काठमाडौं । चितवनमा जंगली गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जंगली गैंडाले आक्रमणबाट रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलवार दिउँसो मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय