उदयपुर। बम विष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देवबहादुर विष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

त्रियुगा नगरपालिका-१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले यसअघि उक्त घटनामा संलग्न पवन राईलाई पक्राउ गरेको थियो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।