जसपा नेता डा बाबुराम भट्टराईले संविधानको रक्षा गर्ने सजिलो बाटो अदालतको निर्णय हुनसक्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा उनले अदालततिर सबैको ध्यान गएको बताएका हुन् ।

भट्टराइले भनेका छन्, ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ । ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ । अरू बाटो रोज्न नपरोस् ।’

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वाेच्च अदालतकोे संवैधानिक इजलासमा आजबाट सुनुवाइ हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय