धनगढी । कैलालीको धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमवार बलात्कार भएको प्रहरीले जनाएको छ ।

बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बिष्टले जाहेरी दर्ता भएको र सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
कोरीले मामाघरमा आएका बेला बलात्कार गरेको र अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय