
काठमाडौं : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे पत्रकार सम्मेलन गरी उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी ओली समूहका हुन्।
ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।