काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्ने भएका छन् ।

बिहीवार (भोली) बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन पेश गर्न लागेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

त्यस्तै भोली बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा अन्तर्गतका विषयगत समितिहरुमा सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

गत पुस १७ गते शुक्रवारबाट राष्ट्रिय सभाको अधिवेशन शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय