जुम्लामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

चन्दननाथ नगरपालिका–१, एयरपोर्टनजिकै जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

स्थानीय कमल बुढाको कोठामा जुवा खेलिरहेका उनीहरुलाई ७० हजार रुपैयाँसहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा स्थानीय कमल मल्ल, कृष्ण महत, कालीबहादुर बुढा, हरि बुढा, कमल बुढा, जगबहादुर बुढा, हरिबहादुर बुढा र चन्द्र बुढा रहेका छन् ।

उनीहरुको साथबाट दुई गड्डी ताससमेत बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर