काठमाडौं: उपप्रधानमन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा देखाइएको छ।

विहीवार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित नेकपा ओली पक्षका अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्न पुगेका उपप्रधानमन्त्री पोखरेल र खेलकुद मन्त्री तामाङलाई जिल्लाका युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताले कालो झण्डा देखाएको युवा संघका जिल्ला संयोजक सविन आचार्यले जानकारी दिएका छन्।

अनेरास्ववियुको केन्द्रीय सर्कुलरअनुसार कार्यक्रम गरिएको अनेरास्ववियुका जिल्ला संयोजक मिलन तामाङले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदमविरुद्ध पार्टीभित्रका प्रचण्ड-नेपाल समूहनिकट युवा तथा विद्यार्थी पक्षले विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेको छ।

यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणी थापालाई पनि कालोझण्डा देखाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah