
दमक/ दमक रवि सडकमा ट्रक पल्टिदा एक जनाको मृत्यु भएको छ ।
हिँजो साँझ सो सडक अन्तर्गत मासेबुङ भोटेडाँडा सडक खण्डमा रबिबाट दमक तर्फ आउँदै गरेको ना ३ ख २०३ नं. को ट्रक अनियन्त्रित भई २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक पाँचथर मिक्लाजुङक ४ का ३५ बर्षिय किरण राईको मृत्यु भएको हो । गम्भिर घाईत राईलाई उपचारका लागि दमक तर्फ ल्याउने क्रममा बाटोमानै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । चालक ताप्लेजुङ डाडागाउ १ का २० बर्षिय प्रमोद श्रेष्ठ सामान्य घाईते भएका छन ।