काठमाडौं । ललितपुरको च्यासल बस्ने धन कुमारी ठकुरीको घरमा लुटपाट भयो । पुस १३ मा ५७ वर्षीया धनकुमारीको कोठामा आएका अपरिचित ३ जना युवती र एक युवाले लोभ देखाए ।

अनि, उनीसँग भएको दुई थान सिमाला, पहेँलो पत्थर, पहेँलो टल्किने पत्थर र १४ थान पुराना सिक्का लुटेर भागे ।

लुटपाटमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका भरत मगर, ताप्लेजुङ घर भएकी २८ वर्षीया निर्मला राई, ताप्लेजुङकी सुस्मिता डिम्डोङ र ललितपुर घर भएकी ३० वर्षीया लबिन लामा छिन् ।

आरोपीहरुलाई च्यासलबाट पक्राउ गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय