शरीरलाई स्वस्थ राख्न धेरै खानाहरू र पेय पदार्थमा ध्यान दिन आवश्यक छ। स्वस्थ खाना खाँदा केहि विशेष चीजहरूलाई विचार गर्नु महत्त्वपूर्ण छ हुन्छ अन्यथा यसले फाइदा गर्नुको सट्टा शरीरलाई हानी गर्न सक्छ। आउनुहोस् यी चीजहरूको बारेमा थाहा पाउनुहोस्।

चेरीको दाना : चेरीले मुटुरोगीहरुलाई फाइदा पुर्याउनका साथै पाचन प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्दछ तर यसको दाना (बीउ)हरू भने धेरै हानिकारक हुन्छन्। चेरीको दाना एकदम साह्रो हुन्छ र यसले प्रुसिक एसिड समावेश गर्दछ, जुन धेरै विषाक्त मानिन्छ। यदि तपाईंले गल्तीले चेरीको दाना निल्नुभयो भने यसले केही फरक पार्दैन । यो तपाईंको शरीर प्रणालीबाट बाहिर आउँछ। यसर्था चेरी खाँदा यसको दाना चबाउनबाट बच्नुहोस्।

हरियो आलु : हरियो वा अंकुरित आलुमा ग्लाइकोसाइड भनिने विषाक्त पदार्थ हुन्छ। हरियो आलु खाने सुरक्षित मानिदैन। ग्लाइकोसाइड–हरियो आलु खाँदा कोक्याउने, पखाला र टाउको दुखाइ हुन सक्छ।

स्याउभित्रको दाना : स्याउको बीउमा साइनाइडको केही मात्रा हुन्छ, जसले शरीरलाई नोक्सान गर्छ। यस कारणले गर्दा, सास फेर्नदेखि छटपटी हुनेसम्मको समस्या हुन सक्छ।
यदि तपाईंले गल्तिले यसलाई खाइसक्नुभयो भने चिन्ताको विषय त्यहाँ केही छैन। स्याउको बीउसँग एक सुरक्षात्मक लेप हुन्छ जसले साइनाइडलाई शरीर प्रणालीमा प्रवेश गर्नबाट रोक्दछ। तर स्याउ खानको लागि सावधान रहनुहोस् र यसको दाना निकालेर मात्रा खानुहोस् ।

तितो बदाम : तितो बदाममा एमिगडलिन नामक केमिकल धेरै पाइन्छ। यो कमिकलले शरीरमा साइनाइड बनाउँछ। यो खाएमा पेट दुख्ने, बान्ता र पखाला हुन सक्छ। त्यसैले तीतो बदाम खानबाट जोगिनुहोस्।

जाइफल : जाइफलको थोरै मात्राले खानाको स्वाद बढाउँदछ, तर यो एक चम्चा मात्रै खाए पनि तपाईंको शरीरको लागि धेरै हानिकारक हुन सक्छ। यसमा मिरिस्टिन नामक रसायन उच्च मात्रामा पाइन्छ । यसले रिङ्गटा लाग्ने, मतिभ्रम, जिउ गल्ने र छटपटी हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ।

काँचो काजू : सामान्यतया पसलमा पाइने प्याकेटवाला काजूहरु काँचो हुँदैन । बजारमा बेच्नु अघि काजू उसिनेर उरुशील भनिने विषाक्त पदार्थ हटाइन्छ। नउसिनेको काजु खानाले एलर्जीको समस्या निम्त्याउन सक्छ।

च्याउ : च्याउ खानको लागि स्वादिष्ट हुन्छन् र शरीरका लागि धेरै फाइदाजनक हुन्छ । तर च्याउ खाँदा त्यसलाई पहिचान गर्नु महत्त्वपूर्ण छ। जंगली च्याउ खाँदा पेट दुख्ने, पखाला र बान्ता, डिहाइड्रेशन र कलेजो समस्या हुन सक्छ।
काँचो आप काँचो आँपको बोक्रामा विषाक्त पदार्थ पाइन्छ । यदि तपाईंलाई एलर्जीको समस्या छ भने, काँचो आँप खाँदा चिलाउने र सुन्निने समस्या हुनेछ ।

काँचो राजमा : सिमीका सबै प्रजातिहरूमध्ये ल्याक्टिन काँचो सिमीमा पाइन्छ। ल्याक्टिन एक विष हो जसले पेट दुःखने समस्या सिर्जना गर्दछ । यसको सेवनले बान्ता वा पखाला हुन सक्छ। तसर्थ यसलाई राम्रोसँग उसिनेर खानु राम्रो हुन्छ ।



