धनगढी । नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्।

तर उनी धनगढी पुग्न नपाउँदै धनगढीमा विरोध शुरु भइसकेको छ। नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली १० बजेपछि श्री एयरलाइन्सको विमानमामार्फत काठमाडौंबाट उड्ने जनाइएको छ।