नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा हुने जनसभालाई सम्बोधन गर्ने हुनु भएको छ । त्यसको लागी ओली धनगडी जाँदै हुनुहुन्छ । नेकपा सुदूरपश्चिम प्रदेशले सभाको आयोजना गरेको हो । पछिल्लो क्रममा देश व्यापी नेकपाका दुबै समुहले आफ्नो कार्यक्रमलाई महत्व दिएका छन् भने कार्यक्रमबाटै सवाल जबाफ समेत दिने गरेका छन् ।

नेकपा विभाजनको संघारमा पुगेको अवस्थामा प्रधानमन्त्री ओली काठमाडौ बाहिर पहिलो पटक जान लाग्नु भएको हो । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटिले दुई दिनअघी कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो ।

सो बैठकले ३० लाख हिनाममिना गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको छ । अहिलेको मन्त्रिपरिषदमा सबैभन्दा धेरै मन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा हुने कार्यक्रममा ओलीको सहभागितालाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय