डोल्पा । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा आजको अवस्थामा पनि तुइनको महत्व पहिले जत्तिकै देखिएको छ । पछिल्लोपटक जिल्लामा एम्बुलेन्स ल्याउनसमेत तुइनको प्रयोग गरिएको छ ।

उसो त प्रधानमन्त्री केपी शर्मा ओलीकाे पहिलो कार्यकालको पहिलो घोषणा नै देशभरबाट तुइन हटाउने थियो । तर देशका विभिन्न स्थानका नदी तथा खोलाहरुमा आजपनि प्रशस्त मात्रामा तुइन भेटिन्छन् । यद्दपी प्रधानमन्त्रीले देशभरबाट तुइन विस्थापित भइसकेको दावी गर्दै आउनुभएको छ ।

प्रदेश राजधानीसमेत रहेको सुर्खेतबाट झन्डै ५ दिन पछि तुइनमा राखेर एम्बुलेन्स डोल्पा ल्याइएको हो । डोजरको सहयोगमा एम्बुलेन्सलाई पहिलो पटक डोल्पा पुर्‍याइएको हो।

जिल्ला अस्पतालमा कार्यरत उदय जीसीले एम्बुलेन्सलाई तुइनबाट नदी तार्दै गर्दा खिचेको भिडीओले अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ । करिब २ दर्जन मानिसले ४ घण्टा लगाएर एम्बुलेन्सलाई तुइनमा ठूली भेरी नदी तारेर सदरमुकाम दुनै पुर्‍याएका हुन् ।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. प्रशन्न कार्कीका अनुसार एम्बुलेन्स जिल्लाको दुर्गम स्थानको स्वास्थ्य सेवा सुधारमा सहयोगी बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah