
काठमाडौं । मकवानपुरका २ स्थानबाट १६५ किलो अवैध लागुऔषध गाँजासहित ८ जना पक्राउ परेका छन् ।
मनहरी गाउँपालिका ८, सिमपानीस्थित सडकबाट ६५ किलो गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजासहित ८ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई सडकको छेउमा गाडीमा लोड गर्न राखेको अवस्थामा उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, मकवानपुरकै मनहरी गाउँपालिका–६, रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट १०० किलो गाँजा आज बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।