काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई दोलखामा कालो बेलुन देखाएर विरोध गरिएको छ ।

शुक्रवार ओली समूहको भेलाई सम्बोधन गर्न दोलखा पुगेका गृहमन्त्री बादललाई प्रचण्ड नेपाल समूहका कार्यकर्ताले कालो बेलुन देखाएर विरोध गरेका हुन् ।

त्यस्तै ओली समूहको कार्यक्रम शुरु नहुँदै नेकपाको अर्को प्रचण्ड-नेपाल समूहले चरिकोटमा प्रदर्शन गरेको छ । यसअघि पनि पार्टीको कार्यक्रममा चितवन पुगेका गृहमन्त्री थापालाई प्रचण्ड माधव पक्षको विद्यार्थी संगठनले कालो झण्डा देखाएर विरोध गरिएको थियो ।

त्यस्तै आजको कार्यक्रमलाई गृहमन्त्री बादलसहित सञ्चारमन्त्री पार्वत गुरुङ, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय