काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको कु्रा मात्र गरेर बस्ने फुर्सद सरकारलाई नभएको बताएका छन् । आज कैलालीको धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

संसद विघटनपछि नेकपाबाट अर्को समूह प्रचण्ड नेपाल समूहले कुरा मात्र गरेर बसेको आरोप लगाउँदै आफूहरु कुरा गरेर नभई काम गर्ने बताए । “पार्टी केन्द्रीय कमिटी बैठकमा नआइ साथीहरु कहाँ गए भनेको त सडकमा पो हामी यहाँ छौँ भनेर बसेका रहेछन् ।” प्रधानमन्त्री ओलीले भने ।

सभालाई सम्बोधन गर्दै मात्र सरकार नबसेको भन्दै विभिन्न विकास परियोजनाहरुको विकास र निर्माण भइरहेको उदाहरण दिएका छन् । बिहीवार राष्ट्रपति समक्ष प्रगति विवरण बुझाउँदै प्रतिवेदनमा ९ सय ७९ किलोमिटर बाटो कालोपत्रे गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय