राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रवार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ ।

बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्त गरिएको बताए ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, बैंक व्यवस्थापन समितिका सदस्यहरु, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री प्रमोद कंसकार लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।