काठमाडौँ – मकवानपुर जिल्लामा अवैध रुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीले नस्ट गरेको छ ।

शुक्रबार र शनिबार प्रहरीले मकवानपुरको राक्सिङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, ऐऐ गाउँपालिकाको गोठरी, भाटीबेसी, ऐऐ गाउँपालिका–३ को पंजरीमा गरी ५० बिगाहामा लगाएको गाँजा र ५ बिगाहामा लगाइएको अफिम खेती नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) इन्द्र बहादुर रानाले रातोपाटीलाई बताए ।

डिएसपी रानाका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जना प्रहरीको टोलीले उक्त अवैध लागूऔषध खेती नष्ट गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर