काठमाडौँ – मकवानपुर जिल्लामा अवैध रुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीले नस्ट गरेको छ ।

शुक्रबार र शनिबार प्रहरीले मकवानपुरको राक्सिङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, ऐऐ गाउँपालिकाको गोठरी, भाटीबेसी, ऐऐ गाउँपालिका–३ को पंजरीमा गरी ५० बिगाहामा लगाएको गाँजा र ५ बिगाहामा लगाइएको अफिम खेती नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) इन्द्र बहादुर रानाले रातोपाटीलाई बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डिएसपी रानाका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जना प्रहरीको टोलीले उक्त अवैध लागूऔषध खेती नष्ट गरेको हो ।