
सिरहा । सिरहामा स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–२२, हक्पारा बस्ने ३९ वर्षीय शिवनाथ यादव छन् ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका यादवलाई प्रहरीचौकी लकढीगोठबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनले बोकेको झोलामा उक्त नगद फेला पारी पक्राउ गरेको जनाइएको छ ।