भक्तपुरको सूर्यविनायकमा रहेको एक मासु पसलबाट सुरु भएको आगलागी अन्यत्र ५ वटा पसलमा फैलिँदा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलबाट आगलागी सुरु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अचानक बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

आगोलागी हुदाँ बाह्र लाख साठी हजार बराबरको धनमाल जलि नष्ट भएको छ र मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

उक्त मासु पसल गजिकै रहेको रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को मोटर साइकल पूर्ण रुपमा क्षति भएको छ,’ डीएसपी गिरीले भने ।

घिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान, नारायण साडेमियाले संचालन गरेको चिया पसलमा रहेको फ्रीज १ थान, टेबुल, कुसी नष्ट भएको छ ।

बिमल घिमिरेले संचालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु र नरेश कर्माचार्यको कोठा समेतमा आगोलागी हुँदा कोठामा रहेका दराज, पलंग, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी डिएसपी गिरीले बताए ।